नियम ४३
सामुदायिक विकास सम्बन्धी योजना सञ्चालन
(१) समितिले आफ्नो कार्ययोजनामा उल्लेख भए अनुसारका कार्यक्रमहरू सञ्चालन गर्नका लागि प्राथमिकताका आधारमा योजनाको छनौट गर्नु पर्नेछ । त्यसरी छनौट गरिएको कार्यक्रम वा योजनाको लागत अनुमान सहितको प्रस्ताव तयार गरी परिषद्समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश गरेको प्रस्तावमा उपभोक्ताको श्रमदानको अंश समेत उल्लेख गर्नु पर्नेछ र यस्तो श्रमदानको अंश कूल लागतको कम्तीमा दशदेखि तीस प्रतिशतसम्म हुनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम लागत अनुमान तयार गर्ने कार्यमा आवश्यक परेमा परिषद्ले समितिलाई प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था गर्नु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम प्राप्त भएको कार्यक्रम वा योजना परिषद्ले आफ्नो बैठकमा छलफलको लागि पेश गर्नेछ र त्यसमा आवश्यकतानुसार संशोधन गर्नु पर्ने भए सो समेत गरी बैठकले त्यस्तो कार्यक्रम वा योजना स्वीकृत गर्नेछ । त्यसरी स्वीकृत
कार्यक्रम वा योजनाको कार्यान्वयनका लागि परिषद्ले कार्य प्रगतिका आधारमा चौमासिक रूपमा रकम निकासा दिनेछ ।
(५) उपनियम (३) बमोजिम स्वीकृत कार्यक्रम वा योजना कार्यान्वयन गर्नुअघि समितिले अाँफु मातहतका समूहका पदाधिकारीको भेला गराइ सार्वजनिक गर्नु पर्नेछ ।
(६) यस नियम बमोजिम सञ्चालित कार्यक्रम वा योजना सम्पन्न भएपछि सम्बन्धित समितिले परिषद् समक्ष उक्त योजनाको जा“च पास गराइदिन अनुरोध गर्नु पर्नेछ र त्यसरी अनुरोध भई आएमा परिषद्ले सोको जाँचपास गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइ दिनु पर्नेछ ।
(७) कार्यक्रम वा योजनाको कार्य सम्पन्न भएपछि समितिले त्यसको हिसाव किताव, लेखापरीक्षण र जा“चपासको प्रतिवेदन परिषद् समक्ष पेश गर्नु पर्नेछ ।
(८) उपनियम (७) बमोजिम हिसाव किताव, विल भर्पाई र जाँचपास प्रतिवेदन पेश भएपछि परिषद्ले आवश्यकता अनुसार स्थलगत निरीक्षणसमेत गरी कार्य सम्पन्न भएको देखिएमा कार्यक्रम वा योजनाको जाँचपास गरी दिनु पर्नेछ ।
(९) यस नियम बमोजिम जाँचपास गर्नको लागि परिषद् सँग सम्बन्धित विषयको प्राविधिक नभएमा जिल्ला विकास समितिलाई सम्बन्धित प्राविधिक उपलब्ध गराइ दिन अनुरोध गर्न सक्नेछ ।
(१०) उपनियम (९) बमोजिम प्राविधिक उपलब्ध गराउन अनुरोध भै आएमा जिल्ला विकास समितिले प्राविधिक खटाइ पठाइदिनु पर्नेछ ।
(११) यस नियम बमोजिमको कार्यक्रम वा योजनाको लगत अनुमान र जाँच पास गर्दा लागेको खर्च सम्बन्धित योजना वा कार्यक्रमको खर्चमा समावेश गरिनेछ ।